काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपालबाट कसरी बाहिरियो ५४ अर्ब ? (विशेष रिपोर्ट, प्रतीक्षा गर्नुहोला)

12.5K
shares

खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेसल कन्स्टोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस (आईसीआईजे)सँगको सहकार्यमा खोज पत्रकारिता केन्द्रले नेपालबाट विदेसिएको ५४ अर्ब रूपैयाँबारे विशेष खुलासा गर्ने तयारी गरिरहेको छ । नेपालका ५० भन्दा बढी व्यवसायी र राजनीतिक दलका नेताले स्विस बैंकमा थुपारेको धनबारे खोज पत्रकारिता केन्द्रले आईसीआईजे सञ्जालका अन्तर्राष्ट्रिय पत्रकारहरूको सञ्जालका सहयोगमा खुलासा गर्न लागेको हो ।

‘हामीले यसबारे फरक–फरक रहेका देशमा रहेका पत्रकारहरूको सहकार्यमा एक वर्ष लामो अध्ययन गर्यौं, अब ती ५० पुँजी पलायन गर्ने व्यवसायी र नेताहरूको विवरण तथ्यसहित सार्वजनिक गर्दैछौं,’ खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले भने ।

नेपाल ट्याक्स हेभन लिङ्स भनिएको यसको खुलासामा ‘नेपालिक्स’ नामकरण गरिएको छ ।