फ्रान्स र थाइल्याण्का लागि प्रस्तावित राजदूतको सुनुवाइ आज
वि.सं.२०७५ माघ ३ बिहीवार १६:१०
shares

फ्रान्स र थाइल्याण्का लागि प्रस्तावित दुई राजदूतको आज सुनुवाई हुँदैछ । फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्का लागि प्रस्तावित गणेशप्रसाद ढकालको आज सुनुवाइ हुन लागेको हो ।
सुनुवाइका लागि बिहान ११ बजे संसदीय सुनुवाई विशेष समितिको बैठक बोलाइएको छ ।
मन्त्रिपरिषद्को गत पुस ६ र ९ गतेको बैठकले पाँच जनालाई विभिन्न देश तथा नियोगका लागि राजदूत प्रस्ताव गरेको थियो । पहिलो चरणमा अधिकारी र ढकाललाई सुनुवाइका लागि आजको बैठकमा बोलाइएको हो । प्रस्तावित पाँचै जनाविरुद्ध उजुरी भने परेको छैन ।
सरकारले कुवेतका लागि दुर्गाप्रसाद भण्डारी र क्यानडाका लागि आवासीय तथा क्युवा र जमैकाका लागि गैरआवासीय नेपाली राजदूतमा भृगु ढुंगानालाई सिफारिस गरेको थियो । मणिप्रसाद भट्टराई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधिमा सिफारिस भएका थिए ।

























