काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ट्याक्टर दुर्घटनामा एकको मृत्यु, तीन घाइते

10.92K
shares

मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिममा गए राति भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् ।

दुर्घटनामा फिदिम–२ का ४३ वर्षीय जगत नेपालीको मृत्यु भएको र ट्याक्टर चालक फिदिम–४ निवासी विजय वर्देवासहित १४ वर्षीय छवि दर्जी र १५ वर्षीय उमेश दर्जी गम्भीर घाइते भएका छन् । घाइतेहहरूको पाँचथर जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि राति नै झापा र विराटनगरका विभिन्न अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लालीखर्कवाट फिदिमतर्फ आउँदै गरेको मे१त २९६१ नम्बरकोे ट्याक्टर फिदिम–२ ओदिन नजिकै दुर्घटना भएको हो ।