पर्वत बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ७ पुग्यो, ३१ घाइते
वि.सं.२०७५ माघ ३ बिहीवार १६:५४
shares

पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगामा यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ । ३१ जना घाइते भएका छन् ।
बेनीदेखि नारायणगढ हिडेको ग१ख ६१०८ नम्बरको बस सडकदेखि ६० मिटर तल कालीगण्डकी नदी किनारमा खस्दा तीन जनाको घटनास्थलमै ज्यान गएको थियो । जिल्ला प्रहरी कार्यालय, बागलुङले ७ जनाको मृत्यु भएको पुष्टि गरेको छ । उनीहरुको सनाखत हुन भने बाँकी छ ।
बेनीबाट १४ जनाको टिकट काटेर छुटेको थियो । सुरूमा घाइतेलाई घटनास्थलबाट उद्धार गरि उपचारका लागि बाग्लुङ अस्पताल लगिएको थियो । गम्भीर घाइते दुई जनालाई हेलिकोप्टरमार्फत काठमाडौंको ग्राण्डी अस्पाल लगिएको छ भने थप तीन जनालाई उपचारका लागि काठमाडौँ पठाउन हेलिकप्टरको व्यवस्था गर्न नेपाली सेनालाई आग्रह गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए ।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

























