काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रदेश-२ : राजधानी र नामाकरणमा विवाद

13.21K
shares

प्रदेश-२ को स्थायी राजधानी, प्रदेशका कामकाजी भाषा र प्रदेशको नामाकरणको विषयमा जनकपुरधाममा सुझाव संकलन गरिएको छ ।

प्रदेश सरकारले गठन गरेको संवाद तथा सुझाव आयोगले आयोजना गरेको कार्यक्रममा सहभागीले प्रदेशको नाम मध्य मधेश प्रदेश, जनक प्रदेश, मिथिला प्रदेश, भोजपुरा प्रदेश, जानकी प्रदेश, तिरहुत प्रदेशलगायत नाम राख्न मिश्रित सुझाव दिए ।

त्यस्तै सहभागीहरूले राजधानी भने जनकपुरधामलाइ नै बनाउनुपर्नेमा जोड दिए । प्रदेशको भाषाको सवालमा मैथिली, भोजपुरी, अवधिलगायतको भाषा हुनुपर्ने मिश्रित सुझाव आएका छन् ।

कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले प्रदेशसभाबाट हुनुपर्ने काम सुझाव संकलन आयोगमार्फत हुनु द्वन्द्वतर्फ धकेल्ने सम्भावना रहेको टिप्पणी गरे । मिश्रले प्रदेशको ८ वटै जिल्ला मात्र होइन मधेशको सवालमा २२ जिल्लाकै उतिकै महत्वपूर्ण योगदान देखिएकाले जनकपुरको पुरानो ऐतिहासिक मिथिला प्रदेश, जनक प्रदेश, जानकी वा तिरहुत प्रदेश र राजधानी जनकपुरधाम हुनुपर्ने दावी गरे ।

सुझाव संकलनको क्रममा सहभागी राष्ट्रिय जनता पार्टी नेपालका अधिकांश नेता कार्यकर्ताहरुले प्रदेशको नामाकरण मधेश प्रदेश हुनुपर्नेमा जोड दिए । कार्यक्रममा राजधानीको विषयमा एक स्वर देखिए पनि प्रदेशको नामाकरणको सवालमा भने मिश्रित प्रतिक्रिया आएको छ ।

 

बन्द कोठामा सुझाव संकलन गरेकोमा युवाको विरोध

प्रदेशको राजधानी र प्रदेशको नामाकरणको विषयमा सुझाव संकलन बन्द कोठामा गरिएको भन्दै जनकपुर युवाहरुले विरोध गरेका छन् । मधेश अधिकार संघर्ष समितिका संयोजनक सरोज मिश्र, परिवर्तनका लागि युवा अभियानका सुशील कर्णगायत युवाहरुले कार्यक्रम बन्द गर्नुपर्ने र सुझाव आयोग मुर्दावाद लगायतका नारावाजी गरेका थिए ।

प्रदेश सरकारले प्रदेशको नाम, भाषा र राजधानीबारे प्रस्ताव गर्न आयोग गठन गरेको थियो । यद्यपी आयोगको कार्यक्रममा भने सर्वसाधारणको उपस्थिती भने न्यून मात्रामा थियो ।

खास गरी सदरमुकाम केन्द्रित गरिँदै आएको सुझाव संकलनमा राजनितिक दलका नेताहरुलाई मात्रै बोलाइएको भन्दै सर्वसाधारणले चर्को असन्तुष्टी जनाएका छन् ।