काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कर्णालीको योजनाका लागि विज्ञसँगको बैठक

11.84K
shares

कर्णाली प्रदेश योजना आयोगले कर्णालीको योजनाका लागि विज्ञसँगको बैठकको आयोजना गरेको छ । शुक्रबारदेखि सञ्चालन भएको बैठक दुई दिनसम्म चल्नेछ ।

बैठकमा विभिन्न विषयका विज्ञहरुको उस्थिति रहेको प्रदेश योजना आयोगका उपाअध्यक्ष पुण्यप्रसाद रेग्मीले बताए । ‘हामीले विभिन्न विषयविज्ञहरु तथा मन्त्रीहरुलाई समेत बैठकमा उपस्थिती गराएका छौं,’ रेग्मीले भने, ‘समग्रमा कर्णाली प्रदेशको हालको अबस्था जानेर आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने कुराको योजना बनाउन सहज हुनेछ ।’

बैठकमा कृषि, विद्युत्, यातायात, पर्यटन, खनिज जस्ता विषय विज्ञको उपस्थती रहेको उनले जानकारी दिए । बैठकपश्चात् कर्णालीको समग्र अवस्थाबारे जानकारी प्राँप्त हुने र आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने निर्क्यौल हुने उनले बताए ।

‘प्रदेश योजना आयोगले सबैभन्दा पहिला कर्णालीमा एकीकृत बस्ती निर्माणको थालनी गर्नेछ,’ उनले भने, ‘त्यसका लागि कार्यविधि बनाइसकेका छौं ।’

कर्णाली प्रदेशको गुरुयोजना निर्माण गरेर मात्र आयोग अगाडि बढ्ने र त्यसको लागि विभिन्न विषय विज्ञहरुसँगको बैठक फलदायी हुने उपाअध्यक्ष रेग्मीले बताए ।