सेयर बजार बढ्यो, कारोबार रकम घट्यो
वि.सं.२०७५ माघ ९ बुधवार ०१:२३
shares

सेयर बजारमा मंगलबार हरियाली छाएको छ । जलविद्युत, वित्त र उत्पादनमूलकबाहेकका सबै ७ समूह बढेपछि समग्र बजार परिसूचक ०.७८ अंकले बढेर ११६८.८३ अंकमा पुगेको हो ।
बजार बढे पनि कारोबार रकम भने घटेको छ । मंगलबार १५६ कम्पनीको २९ करोड २२ लाख रुपैयाँबराबरको १० लाख २४ हजार ६१५ कित्ता सेयर किनबेच भएको छ । यो सोमबारको तुलनामा कम हो । सोमबार ३६ करोड ७७ लाखको सेयर किनबेच भएको थियो । त्यस्तै, आइतबार ४० करोड २८ लाखको सेयर कारोबार भएको थियो ।

























