काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एमसिए नेपालको कार्यकारी निर्देशकमा विष्ट

13.88K
shares

सरकारले वरिष्ठ इन्जिनियर खड्गबहादुर विष्टलाई मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसिए– नेपाल) को कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । एमसिए नेपालले प्रतिस्पर्धात्मक प्रक्रियाबाट उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

एमसिए नेपाल अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत विद्युत तथा सडक आयोजना सञ्चालन गर्न स्थापना गरिएको निकाय हो । पुस १३ गते एमसिएको छैटौं सञ्चालक समितिको बैठकले विष्टलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

विष्टसँग पूर्वाधार तथा ऊर्जा क्षेत्रको उच्च नेतृत्वमा रहेर काम गरेको २५ वर्षभन्दा बढीको अनुभव छ । साथै, नेपाली निजी क्षेत्रमा उनी एक सफल र उच्च वौद्धिक व्यक्तिका रूपमा चिनिन्छन् । उनी हाल नर्वेले निर्माण गरेको ६० मेगावाटको खिम्ती– १ जलविद्युत आयोजनामा प्लान्ट म्यानेजरका रूपमा कार्यरत छन् ।