काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ढोरपाटन महिला भलिबल : एपिएफको दोहोरो जित

12.29K
shares

 

विभागीय टोली सशस्त्र प्रहरीको एपिएफल क्लबले १४ औँ ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा दोहोरो जित हात पारेको छ ।

नयाँ बासपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा मंगलबार एपीएफले सेब स्कुल र थाहा नगरपालिका मकवानपुरलाई ३–० को सोझो सेटमा पराजित गर्याे । एपिएफले पहिलो खेलमा सेबलाई २५–८, २५–१४ र २५–१८ को सेटमा हरायो । यसैगरी आजै भएको दोस्रो खेलमा एपिएफले मकवानपुरको थाहा नगरपालिकालाई २५–७, २५–११ र २५–१२ को सेटमा हरायो । जितसँगै एपिएफ नौ अंक जोडेर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

यस्तै विभागीय टोली त्रिभुवन आर्मी क्लबले सेब स्कुललाई ३१–२९, २५–१९ र २५–२० को सेटमा हरायो । जितसँगै आर्मी १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अर्को खेलमा नेपाल पुलिस क्लबले श्री गाउँ खेलकूद विकास समिति दाङलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । पुलिसले श्री गाउँलाई २५–८, २५–९ र २५–८ को सेटमा हरायो । पुलिस छ अंक जोडेर तेस्रो स्थानमा छ ।

प्रतियोगितामा नौ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । विजेताले तीन लाख ५० हजार रुपैयाँ पाउनेछ । दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छ । त्यस्तै तेस्रो हुनेले एक लाख, चौथो हुने टोलीले ६० हजार, पाँचौ हुनेले ४० हजार, छैठौँ हुनेले ३० हजार र सातौँ हुने टोलीले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।