काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा, दिनभर पानी पर्ने सम्भावना
वि.सं.२०७५ माघ ९ बुधवार १३:५०
shares

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आज बिहानदेखि वर्षा भइरहेको छ ।
पश्चिमी वायुको प्रभावले पूर्वका थारै र मध्य तथा पश्चिममा धेरै स्थानमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यो प्रणाली अहिले पूर्वतिर सरिरहेकाले बुधबार काठमाण्डौसहित पूर्वका धेरै ठाउँमा दिनभरी नै पानी पर्नेछ । पश्चिममा पनि मौसममा सुधार आउने सम्भावना छैन । बुधबार रातिदेखि भने देशैभर मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।
शुक्रबारदेखि फेरि देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने महाशाखाको अनुमान छ । पानीसँगै उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपात भएको छ ।

























