काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रोनाल्डोलाई कर छली अभियोगमा जरिवाना

13.36K
shares

पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोलाई कर छलीको अभियोगमा स्पेनको एक अदालतले २ करोड १६ लाख डलर जरिवाना गरेको छ । अदालतले उनलाई २३ महिना जेल सजाय समेत सुनाएको थियो ।

उनले जरिवाना स्वीकार गरेका छन् । स्पेनमा २ वर्षभन्दा कम समयावधिको जेल सजाय भुक्तान गर्नुनपर्ने नियमले रोनाल्डोले अब जरिवाना तिरेमात्र पुग्नेछ । मंगलवार प्रेमिका जर्जिना रोर्डिगोसँगै अदालतमा उपस्थित भएका रोनाल्डोले सञ्चारकर्मीसँग अदालतको फैसलाको स्वागत गर्दै हाँस्दै भने, ‘सब ठिक छ ।’

रोनाल्डो अहिले इटालियन क्लब युभेन्टसबाट खेल्दै आएका छन् । उनि रियाल मड्रिडमा ९ वर्ष विताएर युभेन्टसमा आवद्ध भएका थिए ।