काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काठमाडौंको गोंगबुमा गोली चल्यो

14.11K
shares

मंगलबार साँझ काठमाडौंको गोंगबु मित्रनगरमा गोली चलेको छ । प्रतिबन्धित हतियार कारोबार गरेको आरोप लागेका व्यक्तिलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।

प्रतिबन्धित हतियार कारोबारीको आरोपमा अभिषेक तामाङ नामका व्यक्तिलाई पक्राउ गर्न प्रहरीको टोली गोंगबुको लक प्रालि गेष्ट हाउस पुगेको थियो । १०४ नम्बर कोठामा बसेका तामाङलाई पक्राउ गर्न खोज्दा उनले सुरुमा गोली चलाएको महानगरीय प्रहरी परिसरको टोलीले जनाएको छ । त्यसपछि प्रहरीले पनि तामाङको खुट्टामा गोली हानेर नियन्त्रणमा लिएको हो ।

तामाङको साथबाट एकथान चाइनीज पेस्तोल र ६ राउण्ड गोली बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशोक सिंहले जानकारी दिए । अहिले शिक्षण अस्पतालमा तामाङको उपचार भइरहेको छ ।