global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ १६ वर्षीया किशोरी नोबेल शान्ति पुरस्कारको मनोनयनमा

१६ वर्षीया किशोरी नोबेल शान्ति पुरस्कारको मनोनयनमा

१६ वर्षीया किशोरी नोबेल शान्ति पुरस्कारको मनोनयनमा

स्वीडेनकी १६ वर्षीया किशोरी यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि मनोनयनमा परेकी छन् । जलवायु परिवर्तनविरुद्ध अभियान चलाएकी १६ वर्षीया किशोरी ग्रेटा थन्बर्ग मनोनयनमा परेकी हुन् । उनले जलवायु परिवर्तनको विषयमा हस्ताक्षर संकलन गरी संसदलाई बुझाएकी थिइन् ।सर्वसाधारणलाई पर्चा समेत बाँडेकी थिइन् ।

उनले हरेक शुक्रबार जलवायु परिवर्तन सम्बन्धि विभिन्न कार्यक्रम गर्दै आएकी छन् । गत डिसेम्बरमा पोल्यान्डमा राष्ट्रसंघीय जलवायू वार्तामा सम्वोधन गरेपछि चर्चामा आएकी थिइन् ।

उनले पुरस्कार प्राप्त गरिन् भने पाकिस्तानकी मलाला युसाफजाईको १७ वर्षको रेकर्ड तोड्नेछिन् । पुरस्कार आगामी अक्टोबरमा घोषणा गरिने छ भने डिसेम्बरमा प्रदान गरिने छ । सन् २०१९ को नोबेल शान्ति पुरस्कारका लागि ३०१ मनोनयन परेका छन् ।

प्रकाशित समय : २१:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु