global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नालीमा मोटरेवल मार्ग निर्माण हुँदै

नालीमा मोटरेवल मार्ग निर्माण हुँदै

नालीमा मोटरेवल मार्ग निर्माण हुँदै

बुटवलमा नालीको खुला क्षेत्रलाई व्यवस्थित गर्दै वाइपास मोटरेवल मार्ग बनाउन सुरु गरिएको छ । काठेपुलदेखि नेपालगञ्ज रोडमा जोड्ने गरि नालीमाथि मोटरेवल मार्ग बनाउन लागिएको हो । शुक्रबार एक समारोहकाबीच नगर प्रमुख शिवराज सुवेदीले नयाँ प्रविधिको उक्त मार्गको शिलन्यास गरे । स्थानीयको सक्रियतामा सो मार्ग बनाउन लागिएको भन्दै उनले प्रशंसा गरे ।

उपप्रमुख गुमादेवी आचार्यले फुटपाथको उचित प्रवन्ध मिलाउँदै पैदल यात्रुलाई सहज हुनेगरिसडक निर्माणका कामहरु अगाडि बढाउन प्राविधिकहरुलाई सुझाव दिइन् । बुटवलको हाटबजार नजिकको जनशक्ति टोलबाट सुरु हुने यो मार्ग न्यु रोडमा जोडिएर नेपालगञ्ज रोडसम्म पुग्ने छ । स्थानीय १६ घरको उपभोक्ता समिति गठन गरेर जनसहभागितामा योजना अगाडि बढाइएको हो ।

सो वडाका वडाअध्यक्ष तेजप्रसाद विश्वकर्माले व्यस्त हाटबजार लाइनको वाइपास सडकका रुपमा विकास गरिने बताउनुभयो । उनले वडा नम्बर ५ मा रात्रिकालिन बजार सञ्चालन गर्नेदेखि नमुना वडा बनाउनेसम्मको योजना रहेको बताए ।

उक्त सडकको लागत ४३ लाख ३८ हजार चार सय ३१ रुपैयाँ अनुमान गरिएको उपभोक्ता समितिका अध्यक्ष धनपति पौडेलले बताए । उनले १६ घरमध्ये तीन घरपरिवारको आर्थिक अवस्था कमजोर रहेकाले त्यस्ता उपभोक्ताहरुको लागत सहभागितामा सहुलियत प्रदान गर्नुपर्ने बताए ।

शिलन्यास कार्यक्रममा कार्यपालिका सदस्य रञ्जित शेरचन, इन्जिनियर मोहम्मद खान, नेकपा नेता मणि खनाल, वडाका जनप्रतिनिधिहरु, उपभोक्ता समितिका सचिव इन्द्र रिजाललगायत सहभागीता रहेको थियो ।

प्रकाशित समय : १९:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु