global ime bank Long Banner Ad

गृहपृष्ठ सेभियाको लज्जास्पद हार, चाैथो स्थानमा उक्लिने माैका गुम्यो

सेभियाको लज्जास्पद हार, चाैथो स्थानमा उक्लिने माैका गुम्यो

सेभियाको लज्जास्पद हार, चाैथो स्थानमा उक्लिने माैका गुम्यो

स्पेनिस लिग ला लिगामा सेभियाले लेगानेससँग लज्जास्पद हार बेहोरेको छ ।
शुक्रबार राति भएको खेलमा सेभियाले घरेलु मैदानमै लेगानेससँग ३–० को पराजय बेहोरेको हो ।

घरेलु टोली सेभियाको हारमा लेगानेसका युसेफ इन नेस्री, मार्टिन ब्रेथवेट र ओस्कार रोड्रिग्वेजले गोल गरे । आठौं मिनेटमा युसेफले गोल गरेका थिए । २०औं मिनेटमा मार्टिनले अग्रता दोब्बर बनाए ।

खेल भर लेगानेसलाई दवावमा राखेको सेभियाले गोल भने गर्न सकेन । ८२औं मिनेटमा ओस्कार रोड्रिग्वेजले गोल गर्दै लेगानेसलाई ३–० को जित दिलाए ।

सेभियाले चौथो स्थानमा उक्लने मौका गुमाएको छ । सेभियाको ३६ खेलबाट ५५ अंक छ भने एक खेल कम खेलेको गेटाफे ५५ अंकसहित चौथो स्थानमा छ । लेगानेस नवौं स्थानमा छ ।

प्रकाशित समय : १४:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु