गृहपृष्ठ आईपीएल : पञ्जावलाई कोलकताले हरायो, प्ले अफ समिकरण रोमाञ्चक मोडमा
आईपीएल : पञ्जावलाई कोलकताले हरायो, प्ले अफ समिकरण रोमाञ्चक मोडमा
कोलकता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा किंग्स इलाभेन पञ्जावलाई पराजित गरेको छ ।
शुक्रबार राति भएको खेलमा कोलकता सात विकोटले विजयी भएको हो । जितसँगै अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको कोलकताले प्ले अफको सम्भावना बलियो बनाएको छ । १ सय ८४ रनको विशाल लक्ष्य कोलकताले १८ ओभरमा ३ विकेट गुमाउँदै सहजै पुरा गर्यो ।
कोलकताका लागि शुभमन गिल ४९ बलमा ५ चौका र २ छक्का सहित ६५ जोड्दै अविजित रहे । अर्का ओपनर क्रिस लिनले ४६ रनको योगदान गरे । आन्द्रे रसेल २४, रविन उथप्पा २२ रनमा आउट हुँदा दिनेश कार्तिक २१ रनमा अविजित रहे ।
पन्जाबका लागि रविचन्द्र आश्विन, एन्ड्रयू टाई र मोहम्मद शामीले १–१ विकेट लिए ।
मोहालीमा टस हारेर पहिले ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेटको गुमाउँदै १ सय ८३ रन बनाएको थियो । साम करनले उत्कृष्ट ब्याटिङ गरे । उनी ५५ रन जोड्दै अविजित रहे ।
निकोल्स पुरनले ४८ रनको महत्वपूर्ण योगदान दिए । मयंक अग्रवालले ३६, क्रिस गेल १४, रोकेश राहुल २ रन बनाउँदै आउट भए । तल्लोक्रमका मन्दीप सिंहले २५ रनको योगदान दिए । कोलकताका लागि सन्दीप वारियरले २, हेरी गुर्नी, आन्द्रे रसेल र नितेश रानाले समान १–१ विकेट लिए ।
जितसँगै कोलकता १३ खेलमा ६ मा जित र ७ मा हारका साथ पाँचौ स्थानमा उक्लिएको छ । हैदरावाद चौथो स्थानमा छ । चेन्नई सपुर किंग्स पहिलो, मुम्बई इन्डियन्स दोस्रो र दिल्ली क्यापिटल्स तेस्रो स्थानमा छ ।
प्रकाशित समय : १४:१९ बजे



















