गृहपृष्ठ आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्व
आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्व
आज मातातीर्थ औँसी । वैशाख कृष्ण औँसीका दिन आमाको मुख हेर्ने पर्व मनाइँदै छ । जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पार्ने गरिन्छ ।
आमाबाट शुभाशीर्वाद लिने अवसरकार रुपमा आजको दिनलाई लिइन्छ । वैशाख कृष्णपक्ष औँसीको दिनलाई नेपालीले मातातीर्थ औँसी अर्थात् मातृऔँसीका रुपमा समेत मनाउँछन् ।
छोराछोरीले आज बिहानै आफ्नी आमालाई राम्राराम्रा लुगा लगाइदिने र मीठो मसिनो खुर्वा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ ।
आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने शास्त्रीय मान्यता छ ।
आमाको महत्वलाई संस्कृतका विभिन्न श्लोकमा यसरी वर्णन गरिएको छ, ‘मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव ।’
‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।’
‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति ।’
प्रकाशित समय : १४:४६ बजे



















