global ime bank Long Banner Ad

गृहपृष्ठ युभेन्टस हारबाट जोगियो

युभेन्टस हारबाट जोगियो

युभेन्टस हारबाट जोगियो

इटालिएन सिरी ए अन्तर्गतको खेलमा च्याम्पियन बनिसकेको युभेन्टस हारबाट जोगिएको छ ।

शुक्रबार राति घरेलु मैदानमा भएको भएको खेलमा युभेन्टस टोरिनोसँग १–१ गोलको बराबरीमा रोकिएको हो । फरवार्ड क्रिस्टियानो रोनाल्डोले खेलको अन्तिम समयतिर गोल गर्दै टिमको हार टारे । उनले ६ मिनेट बाँकी रहँदा गोल गरेका थिए ।

टोरिनोका सासा लुकिकले गोल गर्दै १८औं मिनेटमै अग्रता बनाएका थिए । अग्रतालाई अन्तिम समयसम्म जोगाउन नसक्दा टोरिनोले अंक बाड्न बाध्य भयो ।

युभेन्टसले टोरिनोलाई दवावमा राखेपनि गोलका लागि भने निकै संघर्ष गर्नुपरेको थियो । रोेनाल्डोको यो खेल १००औं हेड गोल हो । समग्रमा उनले ६०१ गोल गरेका छन् ।

युभेन्टस ३५ खेलबाट ८९ अंक जोड्दै तालिकाको शीर्षस्थानमा छ भने दोस्रो स्थानको नेपोली १९ अंकले पछि छ । टोरिनो ५७ अंकसहित छैटौ स्थानमा छ ।

प्रकाशित समय : १४:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु