global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ एमबाप्पेलाई तीन खेलको प्रतिबन्ध

एमबाप्पेलाई तीन खेलको प्रतिबन्ध

एमबाप्पेलाई तीन खेलको प्रतिबन्ध

पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा फरवार्ड केलियन एमबाप्पेमाथि तीन खेलको प्रतिबन्ध लागेको छ ।

फ्रेन्च फुटबल फेडेरेसन (एफएफएफ) ले एमबाप्पेलाई तीन खेलको प्रतिबन्ध लगाएको हो । २० वर्षीय एमबाप्पेले रेनिसविरुद्धको फ्रेन्च कपको फाइनल दौरान रातो कार्ड पाएका थिए । अब एमबाप्पेले नाइस र एन्जर्सविरुद्धको खेल गुमाउने भएका छन् ।

फ्रेन्च कपको फाइनलमा खेल २–२ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा ६–५ ले पीएसजी पराजित भएको थियो ।

सोही खेलपछि पदक लिन जाने क्रममा समर्थकलाई हात हालेको भन्दै नेयमार जुनियर पनि विवादमा तानिएका छन् । उनिमाथि अनुसन्धान भइरहेको बताइएको छ । हात हालेको पुष्टि भए उनलाई ८ खेलको प्रतिबन्ध लाग्न सक्छ ।

प्रकाशित समय : १५:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु