गृहपृष्ठ रातको तीन बजे ठमेलमा प्रहरीको ‘अप्रेसन रेस्क्यु अन्डरएज’
रातको तीन बजे ठमेलमा प्रहरीको ‘अप्रेसन रेस्क्यु अन्डरएज’
काठमाडौंको ठमेलबाट २० जना बालबालिकालाई प्रहरीले उद्धार गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंको नेतृत्वमा सञ्चालन भइरहेको ‘अप्रेसन रेस्क्यु अन्डरएज’ अभियानअन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मादक पदार्थ सेवन गरेर ठमेलभित्र विभिन्न क्लब तथा डान्सबारमा प्रवेश गर्न खोज्ने २० बालबालिकालाई उद्धार गरेको हो ।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले अपराधजन्य घटनामा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई उद्धार गरिएको जानकारी दिए ।
‘ठमेलभित्र हुने अपराधजन्य घटनाको जोखिमबाट जोगाउन ती बालबालिकालाई नियन्त्रणमा लिएका हौं,’ उनले भने ।
उद्धार गरिएका बालबालिकालाई उनीहरूका अभिभावकलाई आवश्यक परामर्श गरेर जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
वृत्तले यसअघि ठमेल क्षेत्रका विभिन्न होटल, रेष्टुराँ तथा क्लबमा काम गर्ने ७८ बालबालिकाको उद्दार गरी अभिभावकको जिम्मा लगाएको थियो ।
प्रकाशित समय : १६:४९ बजे




















