काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शालिग्रामको अस्तित्व मेटिने चिन्ता

15.35K
shares

कालीनदीको डाइभर्सनले शालिग्रामको अस्तित्व हराउने चिन्ता बढेको छ । कालीनदीको वारिपारि दुई प्रदेशका सरोकार पक्षबीच पटक पटक शालिग्रामबारे चासो राखिएको छ । कालीनदीमा आठ वर्षदेखि शालिग्रामको खोजी र अध्ययनमा लागेका डा. कुलराज चालिसेले नदीको डाइभर्सनले शालिग्रामको अस्तित्व खतरामा पर्ने बताए ।

हिन्दु धर्मअनुसार विष्णुको रूप शालिग्राम कालीगण्डकीमा मात्र पाइन्छ । कालीनदीको मुहान दामोदर कुण्ड मुक्तिनाथ क्षेत्रदेखि देवघाटसम्म यसको अनुसन्धान र खोजी गर्दा देवीदेवताका आकृति भएका शालिग्राम भेटिने गरेको डा. चालिसेले बताउनुभयो । कालीनदीमा बढी भएको पानी अर्कै बाटो गरेर तिनाउमा मिसाउने र कपिलवस्तु तथा रूपन्देहीका केही स्थानमा सिँचाइको प्रबन्ध मिलाउने सरकारको योजना छ ।

कालीनदी डाइभर्सनको विरोधमा यसअघि २०७१ सालमा नदीमा करिब एक करोड बेलपत्र चढाइएको थियो । नदी डाभर्सनको विरोधका निम्ति पाल्पाको रामपुर नगरपालिका र गण्डकी प्रदेशका जनप्रतिनिधि तथा राजनीतिक दलले छलफलसमेत गरेका थिए । गण्डकी प्रदेश घिरिङ गाउँपालिका तनहुँ, बुलिङटार गाउँपलिका, बौदीकाली गाउँपालिका नवलपुर, चापाकोट नगरपालिका स्याङ्जा तथा पाल्पा रामपुर नगरपालिकाका जनप्रतिनिधिले डाइभर्सन रोक्नका लागि पहल गर्ने योजना बनाएका छन् ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले हिन्दु धर्मालम्बीको महत्वपूर्ण धार्मिक आस्थाको केन्द्र मुक्तिनाथदेखि बग्दै आएको कालीनदीमा शालिग्राम पनि सँगै आउने हुनाले नदी डाइभर्सन हुँदा शालिग्राम संकटमा पर्ने बताए । नगरप्रमुख थापाले नदी डाइभर्सनले यस क्षेत्रको जलाशय तथा बस्तीमा प्रभाव पर्ने भएकाले डाइभर्सन रोक्न छिट्टै हस्ताक्षर अभियान थालिने जानकारी दिए ।

रामपुरमा हालै बसेको भेलाले डाइभर्सनको विरोधमा कालीगण्डकी उपत्यका क्षेत्रका नागरिकको हस्ताक्षर संकलन गर्ने, संघ तथा प्रदेश र राष्ट्रिय योजना आयोगमा विरोधपत्र बुझाउने, दुई प्रदेशका १० स्थानीय तहलाई कालीगण्डकी उपत्यका विकास प्राधिकरण गठन गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

कालीनदीको केही भाग पानी मात्रै तराईमा सिँचाइका लागि लगिने हुुँदा कालीगण्डकी बेंसी क्षेत्रका जनतालाई नआत्तिन पाल्पाका संघीय सांसद दलबहादुर रानाले आग्रह गरे । उनले कालीनदी वारिपारिका जमिन सिँचाइ गरेर ‘एक घर एक धारा’ खानेपानी सुविधा पु-याउने योजना ल्याउनुपर्ने बताए ।

सांसद रानाले कालीनदी डाइभर्सन हुँदा मात्र होइन अहिलेदेखि नै धार्मिक एवं पुरातात्विक महत्व बोकेको कालीनदीमा पाइने शालिग्रामको संरक्षणमा लाग्न नदी वारिपारिका सबै नागरिकलाई अनुरोध गरे । कालीगण्डकीको सबै पानी तराईमा नझारिने हुनाले शालिग्राम संकटमा नपर्ने सांसद रानाको धारणा छ । (रासस)