इदका अवसरमा कतार एयरवेजको ‘फन डे’
वि.सं.२०७६ जेठ २१ मंगलवार १६:५९
shares

मुस्लिमहरुको महान पर्व रमजानको अन्तिम दिन मनाइने इद उल फितरका अवसरमा कतार एयरवेजले एक दिवसीय ‘फन डे’ कार्यक्रम आयोजना गरेको छ । कतार एयरवेज, कतार च्यारिटीको विशेष पहलमा आयोजित कार्यक्रममा काठमाडौँका एक सयभन्दा बढी अनाथ बालबालिकालाई मनोरञ्जनात्मक क्रियापकलापमा सहभागी गराउनुका साथै उपहारहरु प्रदान गरिएको छ ।
काठमाडौंको अन्नपूर्ण होटलमा आयोजित कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले बालबालिकालाई उपहारहरु प्रदान गरेकी छन् । सम्मेलनमा नेपालका लागि कतार एयरवेज प्रमुख मोहम्मद इल इमामले इदको अवसरमा अनाथ बालबालिकाका ओठमा हाँसो ल्याउनु खुसीको कुरा भएको बताए । कतार एयरवेजले सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि बालबालिको शिक्षाका लागि विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

























