झापा र स्याङ्जामा एनआईसी एशियाका शाखारहित बैंकिङ सेवा
वि.सं.२०७६ जेठ २१ मंगलवार १७:५८
shares

एनआईसी एशिया बैंकले झापा र स्याङ्जा जिल्लामा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । दुवै स्थानमा सोमबारबाट ३०औं र ३१औंं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
झापाको घेराबारीमा शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा पार्वतीकुमारी राजवंशी र स्याङ्जाको आँधीखोला गाउँपालिकाको पञ्चमूलमा गंगाधर ढकाललाई नियुक्त गरिएको छ ।

























