गृहपृष्ठ एमसीसीविरुद्ध नेपाल पाँच विकेटले विजयी
एमसीसीविरुद्ध नेपाल पाँच विकेटले विजयी
नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकै पुरानो क्रिकेट क्लब मेरिलिबन क्रिकेट क्लब (एमसीसी)सँगको मैत्रीपूर्ण एक दिवसीय खेलमा पाँच विकेटको जित हात पारेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एमसीसीले दिएको २०२ रनको सामान्य लक्ष्य नेपालले ३७ ओभर ३ बलमा पाँच विकेट गुमाएर पूरा गरेको हो ।
प्रतियोगितामा विनोद भण्डारीले अभिजित ५२ रन बनाए । त्यस्तै पवन सर्राफले ३८, दिपेन्द्रसिंह ऐरीले २४ तथा आरिफ शेखले २३ रन बनाए ।
पहिला ब्याटिङ गरेको एमसीसी ४९.३ ओभरमा २०१ रनमा अल आउट भएको थियो । पवन सर्राफ र ललितनारायण राजवंशीले ४/४ विकेट लिए । पारस खड्का, सन्दिप लामिछाने र सोमपाल कामी नेपाली टोलीमा थिएनन् । यससँगै ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमा जित हात पारेको छ ।
आइतबार भएको पहिलो मैत्रीपूर्ण खेलमा एमसीसीले नेपालको यू–१९ राष्ट्रिय टोलीलाई ३८ रनले हराएको थियो । एमसीसीले अब नेपालको सिनियर राष्ट्रिय टोलीसँग तीन दिवसीय स्वरुपको प्रथम श्रेणी क्रिकेट खेल्नेछ ।
प्रकाशित समय : २२:१५ बजे


















