global ime bank Long Banner Ad

गृहपृष्ठ ललितपुरमा खुल्यो चारतारे होटल स्तरको ‘यल दरबार’

ललितपुरमा खुल्यो चारतारे होटल स्तरको ‘यल दरबार’

ललितपुरमा खुल्यो चारतारे होटल स्तरको ‘यल दरबार’

ललितपुरको शंखमुलमा चारतारे होटल स्तरको ‘यल दरबार भेन्यु’ सञ्चालनमा  आएको छ । ललितपुर महानगरपालिका ९, गछेंटोलका पाँच युवा व्यवसायीले शंखमुल पुलनजिक प्राचीन मल्लकालीन दरबार शैलीको होटल खोलेका हुन् । ‘यल दरबार’को नेपाल अर्थ ‘पाटन दरबार’ हो ।

होटलमा फरक व्यवसायमा संलग्न युवा व्यवसायी रवि महर्जन, राकेश महर्जन, सुनिल महर्जन, विकास महर्जन र विनोद महर्जनको ६० प्रतिशत तथा गछेंटोलबासीको ४० प्रतिशत लगानी छ ।

मौलिक कला, संस्कृति र सम्पदाको संरक्षण समेत गर्ने उद्देश्यले खोलिएको यल दरबार सम्पदा र संस्कृतिप्रेमीका लागि विशेष आकर्षण बन्ने सञ्चालकहरुको विश्वास छ । होटलको औपचारिक उद्घाटन माघमा गर्ने तयारी भए पनि कात्तिक २९ देखि सञ्चालनमा आउनेछ ।

होटलमा एक पटकमा दुई हजारसम्म अतिथि अटाउन सक्ने मुख्य हल र तीनवटा सेमिनार हल छन् भने नेवारी सुकुल भोजको समेत व्यवस्था छ । त्यस्तै एक सय ५० वटा सम्म गाडी पार्किङ गर्न सकिने पार्किङ स्थल, केटाकेटीका लागि खेलमैदान, अपांग र जेष्ठ नागरिकका लागि विद्युतीय भर्‍याङ (स्केलेटेर) को व्यवस्था गरिएको प्रबन्ध निर्देशक सुनिल महर्जनले जानकारी दिए । होटल करिब १० रोपनीमा फैलिएको छ ।

यल दरबार भेन्यु सञ्चालनमा आएपछि यसबाट प्राप्त हुने कुल नाफाको एक प्रतिशत भैपरी आउने र सामाजिक कार्यमा खर्च गरिने उनले बताए ।

yala-durbar-newskarobar

परम्परागत शैलीमा निर्माण

यल दरबार परम्परागत शैलीमा निर्माण गरिएको छ । तेलिया इँटा, दाँची इँटा जस्ता परम्परागत कलात्मक बुट्टे इँटामा चुना र सुर्कीको प्रयोग गरिएको छ । प्रायः लोप भइसकेको झिंगटी, पुराना शैलीका काठका झ्याल-ढोका तथा काठ र फलामको प्रयोग गरी मल्लकालीन प्राचीन दरबारको शैलीमा यल दरबार बनाइएको अध्यक्ष रवि महर्जनले बताए ।

प्रकाशित समय : २२:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु