गृहपृष्ठ सानिमा बैंकको दीर्घायु बचत र दीर्घायु तलब खाता सञ्चालनमा
सानिमा बैंकको दीर्घायु बचत र दीर्घायु तलब खाता सञ्चालनमा
सानिमा बैंकले दुई नयाँ खाता सञ्चालनमा ल्याएको छ । बैंकले स्वास्थ्य परीक्षण तथा बिमा सुरक्षण सुविधासहितको सानिमा दीर्घायु बचत खाता र सानिमा दीर्घायु तलब खाता सञ्चालनमा ल्याएको हो ।
यो योजनाअन्तर्गत बैंकले तोकेका अस्पतालबाट ग्राहकले ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधा लिन सक्नेछन् । नेपाल र भारतमा हुने उपचारमा एक लाखसम्मको औषधि उपचार बिमा सुविधा पनि लिन सकिने बैंकले जनाएको छ ।
यसबाहेक ग्राहकलाई ६ घातक रोगको रक्षावरणसहितको ३ लाख रुपैयाँ बिमा तथा २५ हजार रुपैयाँको मृत्यु लाभ हुने बिमा बैंकले प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ । सानिमा बैंकका देशभर ७९ शाखा, १ एक्सटेन्सन काउन्टर र ७५ वटा एटिएम छन् ।
प्रकाशित समय : १६:२८ बजे


















