गृहपृष्ठ लक्ष्मी बैंकको खुला गल्फ प्रतियोगिता
लक्ष्मी बैंकको खुला गल्फ प्रतियोगिता
लक्ष्मी बैंकले लक्ष्मी बैंक खुला गल्फ २०१९ आयोजना गर्ने भएको छ । बैंकले ग्लेनिगलमा डिजाइन गरिएको गोकर्ण गल्फ क्लबमा शनिबार कार्यक्रम आयोजना गर्न लागेको हो ।
लक्ष्मी बैंकले २०१४ देखि नियमित गर्दै आएक गल्फ वार्षिक प्रतियोगिताको यो छैटौं संस्करण हो । अहिले यो नेपालको एक प्रमुख एमेच्योर गल्फ प्रतियोगिता हुन पुगेको छ ।
प्रतियोगिता स्ट्यान्डफोर्ड फर्म्याटमा ३-४ ह्यान्डी क्यापमा खेलिनेछ । सयभन्दा बढी खेलाडी सहभागी हुने प्रतियोगितामा पुरुष, महिला र जेष्ठ नागरिक तथा १७ वर्षभन्दा कम उमेर समूहमा उपाधि प्रदान गरिनेछ ।
लक्ष्मी बैंकका देशभर ४८ जिल्लामा ११६ शाखा, २ एक्सटेन्सन काउन्टर, ४ हस्पिटल सेवा काउन्टर, १४० एटिएम, २५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६४ शाखारहित बैंकिङ इकाइ छन् ।
प्रकाशित समय : १६:२३ बजे


















