गृहपृष्ठ सानिमा बैंकको ३ महिनाको नाफा ५९ करोड
सानिमा बैंकको ३ महिनाको नाफा ५९ करोड
सानिमा बैंकले आर्थिक वर्ष २०७६/७७ को पहिलो तीन महिनामा ५९ करोड ३६ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको यो नाफा गत आवको तुलनामा १४.४ प्रतिशतले बढी हो । गत आवको पहिलो तीन महिनामा बैंकले ५१ करोड ८८ लाख नाफा गरेको थियो ।
बैंकको सञ्चालन नाफा ८३ करोड ४३ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा सञ्चालन नाफा ७४ करोड ९ लाख रुपैयाँ थियो । खुद ब्याज आम्दानी पनि ९७ करोड ८४ लाखबाट १६ करोड ६६ लाख बढेर एक अर्ब १४ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
सानिमा बैंकको वाणिज्य बैंकहरुमध्येकै कम ०.२४ प्रतिशत निष्क्रिय कर्जा अनुपात छ । बैंकले गत आर्थिक वर्षको पहिलो तीन महिना अवधिको तुलनामा ६ अर्ब ५४ करोडले निक्षेपमा वृद्धि गर्दै ९५ अर्ब ९२ करोड १७ लाख पु-याएको छ । त्यस्तै कर्जा प्रवाह २ अर्ब १० करोडले बढाएर ८३ अर्ब ५२ करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ ।
८ अर्ब ८० करोड १३ लाख ८० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको वार्षिक प्रतिसेयर आम्दानी २६ रुपैयाँ ४७ पैसा छ । बैंकको जगेडा कोषमा २ अर्ब ५४ करोड रूपैयाँ छ भने सेयरधनी कोषमा ३४ करोड २४ लाख रुपैयाँ सञ्चित छ ।
सिसिडी रेसियो ७८.८४ प्रतिशत रहेको बैंकको आधार ब्याजदर ९.२१ प्रतिशत छ भने स्प्रेडदर ४.४४ प्रतिशत छ ।
प्रकाशित समय : १६:११ बजे


















