global ime bank Long Banner Ad

गृहपृष्ठ शुक्रबार सार्वजनिक बिदा

शुक्रबार सार्वजनिक बिदा

शुक्रबार सार्वजनिक बिदा

बनेपा । भुम्लु गाउँपालिकाले यही कार्तिक २२ गते हरिबोधनी एकादशीका दिन सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाका बासिन्दालाई स्थानीय पर्वमा सहभागी हुन अपिल गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

स्थानीय संस्कृति, परम्परा, जात्राको संवद्र्धन प्रवद्र्धनका लागि बिदा दिइएको गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले बताए । ‘मूलखर्क भीमसेनस्थानमा हुने जात्राका लागि सार्वजजिक बिदा दियौँ’, उनले भने । उनका अनुसार उक्त जात्रा कोशीपारि क्षेत्रको प्रमुख र ठूलो मानिदै आएको छ।

‘भ्रमण वर्ष–२०२०’ लक्षित वडा नं १ सापिङमा अवस्थित मूलखर्क भीमसेनस्थान जात्राका अवसरमा यही कात्तिक २२ र २३ गते सांस्कृतिक महोत्सव पनि आयोजना गरिएको छ।

गाउँपालिकाको उचाइमा अवस्थित रमणीय भीमसेनस्थानबाट सूर्योदय–सूर्यास्त, गणेश, जुगल, गौरीशङ्कर हिमाल अवलोकन तथा छिमेकी जिल्ला नियाल्न सकिने भएकाले पर्यटकीयस्थलका रूपमा प्रचारप्रसार गर्न महोत्सवको आयोजना गरिएको संयोजक किशोर बुढाथोकीले बताए ।

सांस्कृतिक महोत्सवमा स्थानीय संस्कृति झल्किने प्रस्तुतिका साथै उत्पादनको बिक्री तथा स्थानीय अग्र्यानिक तयारी खाद्य पदार्थका खाद्य कक्षसमेत राखिने आयोजकले जनाएको छ।

हरिबोधनी एकादशी मेलाका दिन जिल्लाको खानीखोला गाउँपालिका–३ जुरेमा जुरे एकता युवा समाजले विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको कार्यक्रम संयोजक आशिष सिङ्तानले जानकारी दिए । (रासस)

प्रकाशित समय : १६:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु