global ime bank Long Banner Ad

गृहपृष्ठ स्यालले टोकेर कुमहार टोलका १६ घाइते

स्यालले टोकेर कुमहार टोलका १६ घाइते

स्यालले टोकेर कुमहार टोलका १६ घाइते

स्यालको टोकाइबाट सिरहाको लहान नगरपालिका-४ स्थित कुमहार टोलका १६ घाइते भएका छन् । बहुला स्याल बस्तीमा प्रवेश गरी स्थानीयवासीलाई टोकेको हो । स्यालको टोकाइबाट घाइते भएका सबैको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलातर्फबाट मंगलबार साँझ अचानक गाउँ पसेको बहुला स्यालले जथाभावी टोक्न थालेपछि स्थानीयवासी आतंकित बनेका छन् । स्यालको टोकाइबाट स्थानीय ७० वर्षीय रामबालक पण्डित, ४५ वर्षीय सोनाइ मेस्तर, पाँच वर्षीय मो रेहान, गुलाबदेवी महतो, सञ्जुदेवी महतो, प्रदीप महतो, सुरजकुमार दास, नन्दनी मेहतर, रविनाकुमारी मेहतर, सञ्जीवकुमार दासलगायत घाइते भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । बस्तीमा स्याल पसेको सूचना पाएलगत्तै खटिएको प्रहरी टोली र स्थानीयवासीले स्याललाई धपाएको जनाएको छ । (रासस)

प्रकाशित समय : १७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु