global ime bank Long Banner Ad

गृहपृष्ठ नरपानीमा कार दुर्घटना, तीन जनाको मृत्यु

नरपानीमा कार दुर्घटना, तीन जनाको मृत्यु

नरपानीमा कार दुर्घटना, तीन जनाको मृत्यु

सन्धिखर्क नगरपालिकाको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोरुसिंगे-सन्धिखर्क सडकखण्डको नरपानीमा बिहान ८ बजेतिर बा१७च ६९१७ नम्बरको कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको स्थानीयले जानकारी दिए । कारमा सवार दुई जना घाइते भएका छन् ।

कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको जनाइएको छ । घटनामा दुई पुरुष एक महिलाको मृत्यु भएको छ । मृतकको पहिचान हुन बाँकी छ । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित समय : १७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु