युरोपा लिग : स्पेनिस क्लब सेभिया र स्पान्योल नकआउट चरणमा
वि.सं.२०७६ कात्तिक २२ शुक्रवार १४:१४
shares

युरोपा लिगमा स्पेनिस क्लब सेभिया र स्पान्योलले भारी अन्तरको जित निकाल्दै नकआउट चरणमा पुगेका छन् ।
बिहिबार भएको समूहको चौथो खेलमा सेभियाले एफ ९१ डुडेलाङ्गेलाई ५–२ ले हरायो । डुडेलाङ्गेको मैदानमा भएको खेल सेभियाका लागि मुनिरले ह्याट्रिक गरे । मुनास डाबरले पनि दुई गोल गरेका थिए ।
१७औं मिनेटमा डाबरले गोल गर्दै सेभियालाई अग्रता दिलाए । २७औं र ३३औं मिनेटमा मुनिरले गोल गर्दा सेभियाले अग्रता ३–० मा लम्ब्यायो ।

























