गृहपृष्ठ विद्यार्थीलाई पोशाक सहयोग

विद्यार्थीलाई पोशाक सहयोग

विद्यार्थीलाई पोशाक सहयोग

पर्सा । ‘होसेक प्रतिष्ठान नेपाल’ले पर्साको बिन्दवासिनी गाउँपालिका–१ गर्दौलस्थित ‘ज्ञानसागर दलित प्राथमिक विद्यालय’ का ११२ विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरेको छ ।

विद्यालयमा अध्ययनरत बालबालिकाको अध्ययनमा आवश्यक सहयोग होस् भन्ने उद्देश्यले अभिभावकको उपस्थितिमा विद्यालयमा अध्ययनरत ११२ बालबालिकालाई एक–एक थान टिसर्ट र पाइन्ट वितरण गरिएको विद्यालयका प्रधानाध्यापक अकलेस जयसवालले जानकारी दिए।

उक्त विद्यालयलाई सो विभिन्न समयमा विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूले सहयोग गर्दै आएका छन् । सो विद्यालयको भवन जीर्ण भएपछि गत वर्ष लक्ष्मी सनराइज बैंकअन्तर्गत रहेको लक्ष्मी केयर संस्थाले पुर्ननिर्माण गरिदिएको प्रधानाध्यापक जयसवालले जानकारी दिए ।

 

प्रकाशित समय : १४:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु