काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

भोटेकोशी बाढीप्रति समवेदना र थप सहयोगको प्रतिबद्धता

1.45K
shares

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने र संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोबिच टेलिफोन संवाद भएको छ।

टेलिफोन वार्ताका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोशीमा आएको बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो समवेदना व्यक्त गर्नुका साथै नेपाली जनता र सरकारप्रति ऐक्यबद्धता जनाएका छन ।

जवाफमा सभापति लामिछानेले जारी खोज, उद्धार तथा राहत कार्यका लागि नेपाल सरकारले उपलब्ध सम्पूर्ण स्रोत-साधन परिचालन गरिरहेको जानकारी दिए । साथै, उनले नेपाली नागरिकका साथै नेपालमा रहेका सबै विदेशी नागरिकको सुरक्षा सुनिश्चित गर्न नेपाल उत्तिकै प्रतिबद्ध रहेको कुरामा विदेशमन्त्री रुबियोलाई आश्वस्त पारेका थिए ।

उनले यस कठिन घडीमा अमेरिकी सरकारले दर्शाएको सद्भाव र पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गरे। वार्ताका क्रममा विदेशमन्त्री रुबियोले नेपाल सरकार र प्रभावितहरूका लागि अमेरिका थप सहयोग उपलब्ध गराउन तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन्।