गृहपृष्ठ अकाल मृत्यु निवारणको कामनासहित रसुवा बाढीमा दिवंगतप्रति सामूहिक धार्मिक अनुष्ठान
अकाल मृत्यु निवारणको कामनासहित रसुवा बाढीमा दिवंगतप्रति सामूहिक धार्मिक अनुष्ठान
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीबाट दिवंगत भएका सम्पूर्ण व्यक्तिहरूको सद्गतिको कामना गर्दै सामूहिक धार्मिक अनुष्ठान गरिएको छ ।
सोमबार बिहान पशुपतिनाथ मन्दिर परिसरस्थित बागमती नदीको तटमा मृत आत्माको सामुहिक रुपमा सद्गति गरिएको नेपाल वेदविद्याश्रमका गौसलाका शिक्षक विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।
उनको अनुसार बाढीबाट प्रभावित जनसमुदायको शीघ्र स्वास्थ्यलाभ तथा शोकसन्तप्त परिवारजनमा धैर्य र साहस प्राप्त होस् भन्ने पवित्र उद्देश्यले श्रीमद्भगवद्गीता पाठ, श्री विष्णुसहस्रनाम स्तोत्र पाठ, द्वादशाक्षरी एवं पञ्चाक्षरी मन्त्रजप तथा हरिनाम सङ्कीर्तन आयोजना गरिएको हो ।
उनले अकाल मृत्यु निवारणको लागि यो पाठ गरिएकाृ पनि जानकारी दिए ।
उनले भने,‘श्रीमद्भगवद्गीता पाठ, श्री विष्णुसहस्रनाम स्तोत्र पाठ, द्वादशाक्षरी एवं पञ्चाक्षरी मन्त्रजप तथा हरिनाम सङ्कीर्तन आयोजना गरिएको छ । अकाल मृत्यु निवारणको लागि यो पाठ गरिएको हो ।’
प्रकाशित समय : ११:१९ बजे


















