गृहपृष्ठ नविकरण शुल्क नतिरेपछि युटिएलको लाइसेन्स खारेज
नविकरण शुल्क नतिरेपछि युटिएलको लाइसेन्स खारेज
दूरसञ्चार सेवाप्रदायक युनाइटेड टेलिकम लिमिटेड (युटिएल)को आधारभूत टेलिफोन सेवाको अनुमतिपत्रको खारेज भएको छ । अनुमतिपत्र नवीकरणका लागि तोकिएको अन्तिम समयसम्म आवश्यक शुल्क नबुझाएपछि युटिएलको अनुमतिपत्र स्वतः खारेज भएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले युटिएललाई २० भदौ २०७३ मा आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र (अनुमतिपत्र नं. बिटिएसएल–०२) दिएको थियो । उक्त अनुमतिपत्रको अवधि १० वर्षको रहेको थियो ।
सोहीअनुसार अनुमतिपत्रको अवधि १९ भदौ २०८३ मा सकिएको हो । सरकारले २०६९ चैतमा युटिएल र स्मार्ट टेलिकम प्रालिलाई एकीकृत दूरसञ्चार अनुमतिपत्र (युनिफाइड लाइसेन्स) दिने नीतिगत निर्णय गरेको थियो । त्यसको करिब साढे तीन वर्षपछि युटिएलले आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्राप्त गरेको थियो ।
प्रकाशित समय : १०:५५ बजे


















