गृहपृष्ठ सोनापुर मिनरल्सको २ लाख कित्ता सेयरको लकइन अवधि असोजमा सकिँदै
सोनापुर मिनरल्सको २ लाख कित्ता सेयरको लकइन अवधि असोजमा सकिँदै
सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको १ करोड ८४ लाख ७९ हजार ८०० कित्ता सेयरको लकइन अवधि असोज २३ गतेबाट सकिँदैछ । नेपाल धितोपत्र बोर्डमा दर्ता तथा सूचीकृत भएको कुल ३ करोड ७ लाख ५० हजार ५०० कित्तामध्ये १ करोड ८४ लाख ७९ हजार ८०० कित्ता सेयर लकइनमा रहेको थियो ।
कम्पनीको संस्थापकहरूको १ करोड ८४ लाख ५० हजार ३०० कित्ता र कर्मचारीहरूलाई सुरक्षित गरिएको १९ हजार ५०० कित्ता सेयरको लकइन अवधि असोज २३ गतेबाट सकिने भएको हो ।
प्रकाशित समय : १०:५१ बजे


















