गृहपृष्ठ पोस्टपेड सिमको नामसारी अब अनलाइनबाटै, प्रमाणीकरणका लागि मात्रै कार्यालय जानुपर्ने

पोस्टपेड सिमको नामसारी अब अनलाइनबाटै, प्रमाणीकरणका लागि मात्रै कार्यालय जानुपर्ने

पोस्टपेड सिमको नामसारी अब अनलाइनबाटै, प्रमाणीकरणका लागि मात्रै कार्यालय जानुपर्ने

काठमाडौं । नेपाल टेलिकमका जीएसएम पोस्टपेड मोबाइल ग्राहकले अब सिमकार्ड नामसारीका लागि आवश्यक विवरण अनलाइनबाटै भर्न सक्ने भएका छन्।

कुनै एक व्यक्तिको नाममा रहेको पोस्टपेड सिम अर्को व्यक्तिको नाममा हस्तान्तरण गर्न आवश्यक व्यक्तिगत विवरणसहित पछिल्लो एक महिनामा कल गरिएका पाँचवटा मोबाइल नम्बरको विवरणसमेत अनलाइनमा प्रविष्ट गर्नुपर्नेछ।

विवरण भरेपछि नामसारीका लागि नजिकको नेपाल टेलिकम कार्यालय वा ग्राहक सेवा केन्द्रमा पुगेर आवश्यक दस्तुर बुझाउनुपर्नेछ। अन्तिम प्रमाणीकरणका क्रममा सक्कल नागरिकता पेश गर्नुपर्नेछ। कार्यालयमा स्वयं उपस्थित हुन नसक्ने ग्राहकले प्रतिनिधिमार्फत पनि प्रमाणीकरण गराउन सक्नेछन्।

नेपाल टेलिकमका अनुसार हाल यो सुविधा व्यक्तिगत ग्राहकका लागि मात्रै उपलब्ध छ। कर्पोरेट ग्राहकले भने सिम नामसारीका लागि सम्बन्धित कार्यालयमै उपस्थित हुनुपर्नेछ।

अनलाइनबाटै प्रारम्भिक प्रक्रिया पूरा गर्न सकिने भएपछि पोस्टपेड सिम नामसारीका लागि लाग्ने समय र झन्झट कम हुने अपेक्षा गरिएको छ।

प्रकाशित समय : १८:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु