गृहपृष्ठ सानिमा रिलायन्स लाइफको ‘Vision to Value 2083’ सम्पन्न, उत्कृष्ट कर्मचारी सम्मानित

सानिमा रिलायन्स लाइफको ‘Vision to Value 2083’ सम्पन्न, उत्कृष्ट कर्मचारी सम्मानित

सानिमा रिलायन्स लाइफको ‘Vision to Value 2083’ सम्पन्न, उत्कृष्ट कर्मचारी सम्मानित

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको कार्यसम्पादन मूल्यांकन, उत्कृष्ट कर्मचारीको सम्मान तथा आगामी वर्षको रणनीति तय गर्ने उद्देश्यले आयोजना गरेको ‘Vision to Value 2083’ कार्यक्रम सम्पन्न गरेको छ।

पोखरामा दुई दिनसम्म चलेको कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया र सञ्चालक समितिका सदस्य भरतकुमार तोदीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए। ‘Empowering the Pinnacle for Elite Results’ नारासहित आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेलसहित प्रमुख व्यवसाय अधिकृत, प्रदेश तथा विभागीय प्रमुख, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर, शाखा प्रबन्धक, मार्केटिङ अफिसर तथा कस्टमर सर्भिस अफिसरको सहभागिता थियो।

कार्यक्रममा अध्यक्ष केडियाले गत आर्थिक वर्षमा बीमा शुल्क संकलनमा प्राप्त उपलब्धिका लागि कर्मचारीलाई बधाई दिँदै टीमवर्क र अन्तरविभागीय समन्वयलाई निरन्तर सफलताको आधारका रूपमा अघि बढाउनुपर्ने बताए। उनले आगामी वर्ष नयाँ उत्पादनमा नवप्रवर्तन, सामाजिक उत्तरदायित्व (CSR) तथा शाखा कार्यालयको मानकीकरणलाई प्राथमिकता दिने बताए।

प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले उत्पादन विविधीकरण र बजारको आवश्यकता बुझेर अघि बढ्न कर्मचारीलाई निर्देशन दिए। उनले कर्पोरेट सुशासन र अनुपालनलाई प्राथमिकतामा राख्दै दिगो वृद्धि तथा हितधारक मूल्य सिर्जनामा कम्पनी प्रतिबद्ध रहेको बताए।

गत आर्थिक वर्षमा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्दै लक्ष्य हासिल गर्ने क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर, शाखा तथा उपशाखा प्रमुख, मार्केटिङ अफिसर र कस्टमर सर्भिस एक्जिक्युटिभलाई कार्यक्रममा सम्मान गरिएको थियो। उत्कृष्ट शाखा प्रबन्धक तथा क्षेत्रीय प्रबन्धकले आफ्नो कार्यअनुभवसमेत प्रस्तुत गरेका थिए।

कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृतले कम्पनीको गत आर्थिक वर्षको वित्तीय तथा व्यवसायिक तथ्यांक प्रस्तुत गर्दै चालु वर्षमा कम्पनीलाई थप उचाइमा पुर्‍याउन सबै कर्मचारीले सक्रियतापूर्वक काम गर्नुपर्ने बताए।

सानिमा रिलायन्स लाइफले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणलाई प्राथमिकता दिँदै आएको जनाएको छ। कम्पनीका अनुसार हाल देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी र लगानी २५ अर्ब रुपैयाँभन्दा बढी छ। कम्पनीमा २० हजारभन्दा बढी अभिकर्ता आबद्ध छन्।

प्रकाशित समय : ११:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु