काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

समाचार माध्यमविरुद्ध ट्रम्पको कानुनी अभियान कमजोर बन्दै

1.95K
shares

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले समाचार माध्यमविरुद्ध अघि बढाएको कानुनी अभियान पछिल्लो समय कमजोर बन्दै गएको छ । प्रेस स्वतन्त्रताको पक्षमा अदालत र सञ्चार संस्थाहरू सक्रिय हुन थालेपछि प्रसारण संस्था एबीसी र सीबीएसविरुद्ध ट्रम्पले प्रारम्भिक चरणमा हासिल गरेका कानुनी सफलताहरू चुनौतीमा परेका छन् ।

मिडल टेनेसी स्टेट युनिभर्सिटीस्थित ‘फ्री स्पीच सेन्टर’का निर्देशक केन पलसनले समाचार संस्थाहरूले ट्रम्पविरुद्ध कानुनी रूपमा उभिन थालेको बताएको छन् । “यसको सकारात्मक परिणाम भनेको राष्ट्रपतिविरुद्ध जित हासिल गर्नु र पत्रकार तथा समाचार कक्षको पक्षमा उभिएको हो,” उनले भने।

जुलाईको अन्त्यमा अमेरिकी न्याय विभागले ‘न्युयोर्क टाइम्स’का ती पत्रकारलाई जारी गरेको ‘सबपोना’ (अदालती आदेश) फिर्ता लिएको थियो, जसले ट्रम्पको राष्ट्रपतीय विमान सुरक्षासम्बन्धी समाचार लेखेका थिए । सङ्घीय न्यायाधीशले प्रशासनको कानुनी प्रक्रियाको आलोचना गर्दै उक्त कदमले पत्रकार र उनीहरूका स्रोतको संरक्षणसम्बन्धी अधिकार उल्लङ्घन गरेको ठहर गरेपछि विभाग पछि हटेको थियो ।

ट्रम्पले आफ्नो सम्पत्तिको स्रोतसम्बन्धी समाचार तथा पुस्तक प्रकाशनलाई लिएर ‘न्युयोर्क टाइम्स’ तथा जेफ्री एपस्टिनलाई पठाएको विवादास्पद पत्रसम्बन्धी समाचारका विषयमा ‘वाल स्ट्रिट जर्नल’ विरुद्ध मानहानीको मुद्दा दायर गरेमा थिए । यी दुवै मुद्दा अहिले कमजोर अवस्थामा रहेको बताइएको छ ।

म्यासाचुसेट्सस्थित नर्थइस्टर्न युनिभर्सिटीका पत्रकारिता प्राध्यापक ड्यान केनेडीले ट्रम्पविरुद्ध कानुनी रूपमा उभिन तयार समाचार संस्थाहरूको पक्ष अदालतमा बलियो हुने बताएको छन । “ट्रम्पले दायर गरेका मुद्दाहरूमा पर्याप्त कानुनी आधार छैन,” उमलेभने ।

ट्रम्पले एबीसी र सीबीएसविरुद्ध दायर गरेका मुद्दा क्रमशः डिसेम्बर २०२४ र जुलाई २०२५ मा टुङ्गिएका थिए । ती मुद्दामा एबीसीले एक करोड ५० लाख अमेरिकी डलर र सीबीएसले एक करोड ६० लाख अमेरिकी डलर तिर्ने सहमति जनाएका थिए । तर कानुनी विज्ञहरूले अदालतले ट्रम्पका दाबी खारेज गर्न सक्ने बताएका छन् ।

केनेडीका अनुसार, दुवै पक्षले व्यावसायिक कारणले गर्दा सम्झौता गरेका थिए । सीबीएसको मातृ कम्पनी ‘प्यारामाउन्ट ग्लोबल’ले ‘स्काइडान्स’सँगको मर्जरका लागि नियामक स्वीकृति खोजिरहेका बेला उक्त सम्झौता भएको थियो ।

मिडिया रणनीति

एबीसीले ट्रम्पको आलोचना गर्दै आएका टक–शो प्रस्तोता जिमी किमेललाई निरन्तरता दिएपछि र कथित निर्वाचन धाँधलीबारे ट्रम्पको प्रत्यक्ष सम्बोधन प्रसारण नगर्ने निर्णय गरेपछि सङ्घीय अधिकारीबाट केही स्थानीय स्टेशनको इजाजतपत्र गुमाउने जोखिम सामना गरिरहेको छ ।

यसैबीच, बेलायती प्रसारण संस्था बीबीसीले पनि ट्रम्पको कानुनी चुनौती सामना गरिरहेको छ । ट्रम्पले आफ्नो भाषणको कथित भ्रामक सम्पादन गरेको आरोप लगाउँदै बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलर क्षतिपूर्तिको दाबी गर्नुभएको छ । बीबीसीले भने क्षतिको दाबी पुष्टि गर्न ट्रम्पको कानुनी टोलीसँग आर्थिक विवरण माग गरेको छ ।

“आफ्नो व्यापारिक साम्राज्य र आर्थिक अवस्थाबारे विवरण सार्वजनिक गर्ने प्रयासको निरन्तर विरोध गर्दै आएका व्यक्तिका लागि यो ठूलो अवरोध बन्न सक्छ,” पलसनले भने ।

तर विज्ञहरूका अनुसार ट्रम्पको मुख्य उद्देश्य कानुनी जित हासिल गर्नु मात्र नभई समाचार माध्यमको विश्वसनीयतामाथि प्रश्न उठाउनु पनि हो ।

“उहाँको राजनीतिक यात्राको सुरुआतदेखि नै समाचार माध्यमको विश्वसनीयता कमजोर बनाउने वा तिनलाई बदनाम गर्ने रणनीति देखिन्छ,” केनेडीले भन्नुभयो, “ट्रम्प सञ्चार माध्यमलाई ‘फेक न्युज’ र ‘जनताको शत्रु’ भन्दै आलोचना गर्ने तथा मुद्दा दायर गर्ने काम गर्दै आएको छन् ।”

पलसनले ट्रम्प र उहाँका कानुनी सल्लाहकारहरूले मुद्दामा जित्ने यथार्थ अपेक्षा नगरे पनि लामो कानुनी प्रक्रियामार्फत दबाब सिर्जना गर्न खोजिरहेको बताए ।

“यस्ता प्रक्रियामा वर्षौं लाग्न सक्छ र लाखौँ डलर खर्च हुन सक्छ । ट्रम्पलाई आफ्नो व्यापारिक अनुभवबाट थाहा छ कि पर्याप्त दबाब सिर्जना गर्न सके कसैले न कसैले सम्झौता गर्न सक्छ,” पलसनले भने ।