global ime bank Long Banner Ad

गृहपृष्ठ अर्घाखाँची सिमेन्टको वार्षिक सेल्स मिट सम्पन्न, नयाँ रणनीति र उत्कृष्ट कर्मचारी सम्मानित

अर्घाखाँची सिमेन्टको वार्षिक सेल्स मिट सम्पन्न, नयाँ रणनीति र उत्कृष्ट कर्मचारी सम्मानित

अर्घाखाँची सिमेन्टको वार्षिक सेल्स मिट सम्पन्न, नयाँ रणनीति र उत्कृष्ट कर्मचारी सम्मानित

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडको ‘वार्षिक सेल्स मिट २०२६’ ललितपुरको पुल्चोकस्थित होटल हिमालयमा सम्पन्न भएको छ। कम्पनीले देशभरका बिक्री तथा मार्केटिङ टोलीलाई एकै थलोमा ल्याएर आगामी रणनीति र व्यवसाय विस्तारबारे छलफल गरेको जनाएको छ।

साउन ९ गते आयोजित सम्मेलनमा देशका विभिन्न क्षेत्रबाट ३० भन्दा बढी बिक्री तथा मार्केटिङ प्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रममा कम्पनीका अध्यक्ष पशुपति मुरारका, प्रबन्ध निर्देशक राजेशकुमार अग्रवाल तथा निर्देशक गौरव अग्रवालको उपस्थिति थियो।

सम्मेलनमा आगामी व्यावसायिक रणनीति, नयाँ बिक्री नीति, बजारको वर्तमान अवस्था तथा भावी योजनाबारे विस्तृत समीक्षा गरिएको कम्पनीले जनाएको छ। साथै, बिक्री प्रणालीलाई थप प्रभावकारी बनाउने उपाय, बजार विस्तारका सम्भावना तथा प्रतिनिधिहरूका अनुभव आदानप्रदानका विषयमा समेत अन्तरक्रिया गरिएको थियो।

कार्यक्रमका अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने बिक्री प्रतिनिधिलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। कम्पनीले उनीहरूको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि उत्कृष्ट प्रदर्शन कायम राख्न प्रोत्साहन दिएको जनाएको छ।

कम्पनीका नेतृत्वले कर्मचारीको समर्पण, मेहनत र टोलीगत कार्यशैलीको प्रशंसा गर्दै साझा लक्ष्य हासिल गर्न सबैको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरेका थिए। सम्मेलनले कम्पनी र बिक्री टोलीबीचको समन्वय तथा सहकार्यलाई अझ सुदृढ बनाएको विश्वास कम्पनीको छ।

अर्घाखाँची सिमेन्टले ‘सही तौल, सही मूल्य, सही गुणस्तर’ भन्ने प्रतिबद्धतालाई कायम राख्दै निर्माण क्षेत्रका लागि गुणस्तरीय उत्पादन उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तर अघि बढाउने जनाएको छ।

प्रकाशित समय : ०५:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु