global ime bank Long Banner Ad

गृहपृष्ठ आन्तरिक राजस्व कार्यालय विराटनगरले १० अर्ब ३० करोड राजस्व सङ्कलन, लक्ष्यको ८५.१५ प्रतिशत मात्रै हासिल

आन्तरिक राजस्व कार्यालय विराटनगरले १० अर्ब ३० करोड राजस्व सङ्कलन, लक्ष्यको ८५.१५ प्रतिशत मात्रै हासिल

आन्तरिक राजस्व कार्यालय विराटनगरले १० अर्ब ३० करोड राजस्व सङ्कलन, लक्ष्यको ८५.१५ प्रतिशत मात्रै हासिल

विराटनगर। आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा १० अर्ब ३० करोड ५३ लाख ३६ हजार रुपैयाँ राजस्व सङ्कलन गर्दै लक्ष्यको ८५.१५ प्रतिशत प्रगति हासिल गरेको छ।

कार्यालयले उक्त अवधिमा १२ अर्ब १० करोड २८ लाख ८० हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो। तर लक्ष्यभन्दा एक अर्ब ७९ करोड ७५ लाख ४४ हजार रुपैयाँ कम राजस्व उठेको कार्यालय प्रमुख केशवप्रसाद उप्रेतीले जानकारी दिए।

सङ्कलित राजस्वमध्ये आयकरबाट चार अर्ब सात करोड २५ लाख ४१ हजार रुपैयाँ, बहाल आयकरबाट आठ करोड आठ लाख ५५ हजार रुपैयाँ, ब्याज करबाट ३८ करोड १३ लाख एक हजार रुपैयाँ, मूल्यअभिवृद्धि कर (भ्याट) बाट दुई अर्ब ५६ करोड ८६ लाख ७५ हजार रुपैयाँ, अन्तःशुल्कबाट तीन अर्ब १५ करोड १० लाख ४९ हजार रुपैयाँ, शिक्षा करबाट ८४ हजार रुपैयाँ तथा अन्य करबाट पाँच करोड आठ लाख ३२ हजार रुपैयाँ सङ्कलन भएको छ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा आठ अर्ब ९३ करोड रुपैयाँ र आर्थिक वर्ष २०८१/८२ मा नौ अर्ब ६१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो। गत आर्थिक वर्षको सङ्कलन अघिल्लो वर्षको तुलनामा सात दशमलव २८ प्रतिशतले बढी हो।

कार्यालयमा हाल ६० हजार ६७५ करदाता आबद्ध छन्। प्रमुख उप्रेतीका अनुसार ‘जेन्जी आन्दोलन’ पछिको परिवर्तित परिस्थितिका कारण लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको तथा कार्यालय बाहिर गएर कर प्रशासनसम्बन्धी काम गर्नसमेत कठिनाइ भएको छ।

प्रकाशित समय : ०५:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु