काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

‘खाद्य उत्पादक नै वस्तुको पहिलो अनुगमनकर्ता’

4.58K
shares

सुर्खेत। खाद्यवस्तुको गुणस्तर कायम गर्न उत्पादकदेखि वितरकसम्म सबै पक्ष जिम्मेवार हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रममा सहभागीहरूले व्यापारिक प्रतिष्ठानको प्रभावकारी अनुगमनसँगै उपभोक्ता सचेतनालाई सुदृढ बनाउनुपर्ने बताएका हुन्।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले खाद्य उत्पादक नै वस्तुको पहिलो अनुगमनकर्ता भएको बताउँदै उत्पादन, भण्डारण र वितरण प्रक्रियामा जिम्मेवारी निर्वाह भए खाद्यवस्तुको गुणस्तरमा कमी नआउने उल्लेख गरे।

उनले प्रशासनको अनुगमन सुधारमुखी हुने भन्दै पहिलो चरणमै दण्डात्मक कारबाहीभन्दा व्यवसायीलाई सचेत र जिम्मेवार बनाउने प्रयास आवश्यक रहेको बताए।

जोशीले खाद्यवस्तुको गुणस्तरले मानिसको स्वास्थ्य मात्र होइन, मानसिक अवस्थासमेत प्रभावित पार्ने भएकाले सुरक्षित, स्वच्छ र गुणस्तरीय खाद्य उत्पादन तथा उपभोगमा सबैले ध्यान दिनुपर्ने बताए।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख श्रीराम न्यौपानेले सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद कार्यालयले कर्णालीका १० जिल्लामा खाद्य गुणस्तर परीक्षण, बजार अनुगमन र उपभोक्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।

उनका अनुसार कार्यालयमा करिब ५० प्रतिशत जनशक्ति अभाव रहे पनि ठूला होटलदेखि साना व्यवसायीसम्मका उत्पादन र वितरण प्रणालीको नियमित अनुगमन तथा गुणस्तर परीक्षण गर्दै उपभोक्तालाई सचेत बनाउने काम भइरहेको छ।

कार्यक्रममा खाद्य अनुसन्धान अधिकृत सन्तोष दाहालले आर्थिक वर्ष २०८२/८३ मा कार्यालयले गरेका काम, उपलब्धि, प्रगति तथा चुनौती समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए।