global ime bank Long Banner Ad

गृहपृष्ठ दाङमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा बढी राजस्व सङ्कलन

दाङमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा बढी राजस्व सङ्कलन

दाङमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा बढी राजस्व सङ्कलन

दाङ। ट्राफिक प्रहरी कार्यालय दाङले आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने १४ हजार ५६३ सवारीसाधनलाई कारबाही गर्दै एक करोड ५२ लाख ६० हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव खड्काका अनुसार कारबाहीमा पर्ने सवारीसाधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेका छन्। गत आर्थिक वर्षमा मात्र छ हजारभन्दा बढी मोटरसाइकल चालक ट्राफिक कारबाहीमा परेका थिए।

यसैबीच, सोही अवधिमा दाङमा ३४७ सवारी दुर्घटना भएका छन्। दुर्घटनामा ७२ जनाको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। मृत्यु हुनेमा ५० पुरुष, १९ महिला र तीन बालबालिका रहेका छन्। कार्यालयका अनुसार ती दुर्घटनामा ६६१ सवारीसाधन संलग्न रहेका थिए।

प्रकाशित समय : ०५:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु