global ime bank Long Banner Ad

गृहपृष्ठ आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५४.८१ रुपैयाँ

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५४.८१ रुपैयाँ

आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलर १५४.८१ रुपैयाँ

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा कायम गरिएको छ।

युरो एकको खरिददर १७५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३२ पैसा तोकिएको छ। यस्तै, बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०५ रुपैयाँ ३८ पैसा र बिक्रीदर २०६ रुपैयाँ १८ पैसा तथा स्विस फ्र्याङ्कको खरिददर १८८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १०८ रुपैयाँ २४ पैसा, क्यानेडियन डलरको खरिददर १०९ रुपैयाँ ५३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९५ पैसा तथा सिङ्गापुर डलरको खरिददर ११९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९२ पैसा कायम गरिएको छ।

त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन एकको २२ रुपैयाँ ७७ पैसा, साउदी रियालको ४१ रुपैयाँ ८ पैसा, कतारी रियालको ४२ रुपैयाँ ३० पैसा, थाई भाटको ४ रुपैयाँ ५८ पैसा, युएई दिरामको ४१ रुपैयाँ ९९ पैसा, मलेसियन रिङ्गेटको ३७ रुपैयाँ ६९ पैसा तथा दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ ५४ पैसा निर्धारण गरिएको छ। यी मुद्राको बिक्रीदर पनि सोहीअनुसार तय गरिएको राष्ट्र बैंकले जनाएको छ।

यसैगरी, स्विडिस क्रोनर, डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमानी रियालको विनिमयदर पनि सार्वजनिक गरिएको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमयदर भने फरक हुन सक्ने भएकाले अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमार्फत हेर्न सकिने उल्लेख गरिएको छ।

प्रकाशित समय : ०५:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु