गृहपृष्ठ आजको राशिफल: वि.सं. २०८३ असार ३० गते, मंगलबार
आजको राशिफल: वि.सं. २०८३ असार ३० गते, मंगलबार
आज असार कृष्ण औंसी, व्याघात योग, नाग करण तथा पुनर्वसु नक्षत्र परेको छ। चन्द्रमा र सूर्य दुवै मिथुन राशिमा रहेका छन्। नेपालमा आज सूर्योदय बिहान ५ः१७ बजे र सूर्यास्त साँझ ७ः०० बजे हुनेछ।
आज कुनै महत्वपूर्ण कार्य वा शुभ यात्रामा निस्कनुपरे तुलसीको पत्ता खाएर यात्रा गर्दा शुभफल प्राप्त हुने विश्वास गरिएको छ। महत्वपूर्ण कार्य सुरु गर्नका लागि बिहान ७ः०५ बजेदेखि ९ः३७ बजेसम्मको समय शुभ मानिएको छ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आत्मविश्वास र उत्साह बढ्ने दिन छ। नयाँ काम सुरु गर्न तथा जिम्मेवारी पूरा गर्न अनुकूल समय रहनेछ। कार्यक्षेत्रमा सफलता मिल्ने सम्भावना छ भने परिवारसँगको सम्बन्ध पनि मधुर रहनेछ। अनावश्यक विवाद र खर्चबाट टाढा रहनु राम्रो हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
झैझगडा वा विवादबाट टाढा रहनु उपयुक्त हुनेछ। अरूको काम वा विषयमा अनावश्यक चासो दिँदा अपजसको सामना गर्नुपर्ने अवस्था आउन सक्छ। प्रतिस्पर्धा र परीक्षामा सफलता मिल्ने सम्भावना छ। पारिवारिक असमझदारी हट्ने संकेत देखिन्छ। मेहनत र सिकाइबाट भविष्यका लक्ष्य तय गर्न प्रेरणा मिल्ने दिन हो।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भावनाभन्दा व्यवहारमा केन्द्रित हुनु राम्रो हुनेछ। नयाँ ज्ञान र सीप सिक्ने अवसर प्राप्त हुनेछ। प्रियजनसँग सम्बन्ध सुदृढ बन्नेछ। प्राविधिक तथा अध्ययनसम्बन्धी क्षेत्रमा प्रगति हुनेछ। आकस्मिक निर्णय गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले सोचविचार गरेर अघि बढ्नुहोस्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यवसायमा केही चुनौती देखिए पनि फलफूल, फोटोग्राफी, भिडियो तथा सिर्जनात्मक क्षेत्रमा लाभ मिल्ने सम्भावना छ। घरपरिवारका काममा व्यस्तता बढ्नेछ। उच्च शिक्षा र वैदेशिक अध्ययनका लागि प्रयासरत व्यक्तिलाई सकारात्मक परिणाम मिल्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्त र छिमेकीसँग सहकार्य बढ्नेछ। धार्मिक तथा आध्यात्मिक गतिविधिले मानसिक शान्ति दिनेछ। पुराना समस्या समाधानतर्फ अघि बढ्ने संकेत छ। व्यक्तिगत काम सम्पन्न हुने सम्भावना पनि देखिन्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक लाभका साथै नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ। पारिवारिक तथा वैवाहिक सम्बन्धमा समय दिनुपर्ने अवस्था आउनेछ। खर्च बढ्न सक्ने भएकाले बजेट व्यवस्थापनमा ध्यान दिनु राम्रो हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नेतृत्व क्षमता प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। नयाँ ज्ञान र अनुभवले व्यक्तित्वमा निखार ल्याउनेछ। मान–सम्मान र प्रतिष्ठा बढ्ने सम्भावना छ। जिम्मेवारी सफलतापूर्वक पूरा गर्न सकिने दिन हो।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रिस र अहंकार नियन्त्रण गर्नु आवश्यक छ। प्रेम सम्बन्धमा एकअर्काप्रति विश्वास र समर्पण आवश्यक हुनेछ। व्यवसाय, मार्केटिङ, यातायात तथा ढुवानी क्षेत्रमा लाभ मिल्न सक्छ। लगानी गर्दा जोखिमको मूल्यांकन गर्नु उचित हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आयआर्जनका नयाँ अवसर प्राप्त हुनेछन्। यात्राबाट लाभ मिल्ने सम्भावना छ। घरजग्गासम्बन्धी कारोबारमा सकारात्मक परिणाम आउने संकेत देखिन्छ। पुराना साथीभाइसँग भेटघाटले दिन रमाइलो बन्न सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन, करियर र पदोन्नतिका लागि अनुकूल समय रहेको छ। मेहनतको उचित प्रतिफल प्राप्त हुनेछ। वरिष्ठ व्यक्तिको साथ र सहयोग मिल्नेछ। व्यक्तित्व विकासका योजनामा सफलता प्राप्त हुने सम्भावना छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको सफलता तपाईंको मेहनतमै निर्भर रहनेछ। कार्यक्षेत्रबाट सुखद समाचार प्राप्त हुन सक्छ। अभिभावक र अनुभवी व्यक्तिको सुझाव फलदायी हुनेछ। धार्मिक कार्य वा दानपुण्यले मानसिक सन्तुष्टि दिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्वास्थ्यप्रति विशेष सावधानी अपनाउनु आवश्यक छ। लामो दूरीको यात्रा नगर्नु राम्रो हुनेछ। काममा देखिएका चुनौतीलाई धैर्यपूर्वक समाधान गर्ने प्रयास गर्नुहोस्। मानसिक तनाव कम गर्दै स्वास्थ्य र जिम्मेवारीबीच सन्तुलन कायम गर्नु उपयुक्त हुनेछ।
प्रकाशित समय : ०६:१७ बजे



















