global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाल टेलिकमकी प्रबन्ध निर्देशक अर्याल पुनर्बहाली

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक अर्याल पुनर्बहाली

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक अर्याल पुनर्बहाली

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) की प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल पुनर्बहाली भएकी छन्।

टेलिकमका अनुसार उनीमाथि लागेको आरोपमा विशेष अदालतबाट पूर्ण सफाइ पाएपछि नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको असार २६ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार उनको निलम्बन फुकुवा गर्दै प्रबन्ध निर्देशकको जिम्मेवारीमा पुनर्बहाली गरिएको हो।

पदबहालीपछि कर्मचारीलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक अर्यालले संस्था र देशको हितमा निष्ठापूर्वक काम गर्न कर्मचारीहरू डराउन नपर्ने बताइन्। उनले विगतमा कर्मचारीहरूमाथि लागेका आरोप तथा भ्रम अन्ततः अदालतको निर्णयसँगै अन्त्य भएको उल्लेख गर्दै आफ्नो अनुपस्थितिमा संस्थालाई नेतृत्व र सहयोग गर्ने सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गरिन्।

उनले कम्पनीमा प्रक्रियागत सुधार आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा आन्तरिक व्यवस्थापनसँगै बाह्य सरोकारवालाको अपेक्षालाई समेत ध्यानमा राखेर काम गरिने बताइन्। नेपाल सरकारको नीति तथा मार्गनिर्देशनअनुसार सत्यनिष्ठ र पारदर्शी ढंगले काम गर्दै नेपाल टेलिकमप्रतिको जनविश्वास र बजारको साख थप मजबुत बनाउने तथा सेवालाई अझ ग्राहकमैत्री बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।

नेपाल टेलिकमले गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह, कानुनी शासनको सम्मान तथा दूरसञ्चार क्षेत्रको विकासमा अग्रणी भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको जनाएको छ।

प्रकाशित समय : १७:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु