गृहपृष्ठ गणेश नेपालीको गरियो पशुपतिमा दाहसंस्कार
गणेश नेपालीको गरियो पशुपतिमा दाहसंस्कार
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयासपछि निधन भएका गणेश नेपालीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
उपचारका क्रममा शुक्रबार निधन भएका गणेशको परिवार र सरकारबीच आइतबार सम्झौता भएपछि परिवारले आज (सोमबार) शव बुझेसँगै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको हो ।
असार २५ गते राहदानी विभागअगाडि महानगर प्रहरीले गणेशको मोटरसाइकलमा ह्लील लक लगाएका थिए । त्यसपछि आत्मदाह प्रयास गरेका उनको वीर अस्पतालमा उपचार क्रममा शुक्रबार मृत्यु भएको थियो ।
प्रकाशित समय : १७:१९ बजे



















