गृहपृष्ठ सरकारले एक सय दिनमा रचनात्मक काम ग-योः ज्ञानेन्द्र शाही
सरकारले एक सय दिनमा रचनात्मक काम ग-योः ज्ञानेन्द्र शाही
देवदह । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले सरकारले एक सय दिनमै रचनात्मक काम गरेको बताए ।
सोमबार रुपन्देहीको भैरहवामा राप्रपाका नेता–कार्यकर्तासँगको भेटघाट तथा छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनलेसुशासनका क्षेत्रमा सरकारले उल्लेखनीय रचनात्मक काम गरेको जानकारी दिएको हो ।
उनले राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताए । “राप्रपामा रुपान्तरण आवश्यक छ । देश पुस्तान्तरणमा गइसक्यो । अब पार्टी रुपान्तरण गर्ने हो,” उनले भने।
प्रकाशित समय : १७:१६ बजे



















