गृहपृष्ठ प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । बैठक शुक्रबार दिउसो १ बजे सिंहदरबारमा बस्ने भएको हो ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘निर्वाचन आयोगको उन्नाइसौं वार्षिक प्रतिवेदन २०६१ र ०६२’ पेस गर्ने, ‘राष्ट्रिय सुरक्षा परिषद्को आठौं वार्षिक प्रतिवेदन २०६१/०८२’ पेस गर्ने र ‘राष्ट्रिय महिला आयोगको अठारौ वार्षिक प्रतिवेदन २०८१/०८२’ पेस गर्ने कार्यसूची रहेको छ ।
मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं। २९ माथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी १९४७ (नं ८१) माथि सामान्य छलफल गरियोस्ु भन्ने प्रस्ताव प्रस्तुत गर्ने, ‘अन्तर्राष्ट्रिय एबनभ म निरीक्षण सम्बन्ध सहास ं १९४७ (नं। ८१) लाई अनुमोदन गरियोस’् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित समय : ०९:४४ बजे
















